बुद्ध जयन्ती : लुम्बिनीमा विशेष समारोह, बौद्धमा परेवा उडाइयो

बुद्ध जयन्ती : लुम्बिनीमा विशेष समारोह, बौद्धमा परेवा उडाइयो

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोह उद्धघाटन गरिएको छ । अन्तराष्ट्रिय बुद्धिस्ट सभा हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम उद्धघाटन गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीसहित पर्यटनमन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन सोंग, प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, विभिन्न मन्त्री तथा सांसद र बौद्ध धर्मालम्बीहरुको समारोहमा बाक्लो उपस्थिति छ । 

बुद्ध जयन्तीको अवसरमा बुटवल, देवदह, मनिग्राम, रामग्रामलगायतका ठाउँमा हिजैदेखि विभिन्न कार्यक्रमहरु भइरहेका छन् भने, कतिपय ठाउँमा शाेभा यात्रा हुँदैछ । 

यता राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धनाथस्थित गुम्बामा भगवान् बुद्धको पूजा, आराधना गर्नुभएको छ । त्यसक्रममा उहाँले विश्व शान्तिको कामना गर्दै परेवा उडाउनुभयो । परेवालाई शान्तिको प्रतीक मानिन्छ ।

स्थानीयले आयोजना गरेको बुद्ध मेलाको अवलोकन गरेर राष्ट्रपति पौडेल सेनाको हेलिकोप्टरमा गृह जिल्ला तनहुँ पुग्नुभएको छ । व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कुल पूजामा सहभागी हुन उहाँ त्यता गएको बताइन्छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ ।

टिप्पणीहरू