चीन र अमेरिकावीच जेनेभा वार्तामा आइसब्रेक

एकातिर भारत-पाकिस्तान वीच युध्दविराम र आजदेखि वार्ता शुरुआत,अर्कोतिर रुस-युक्रेन ३ बर्ष लामो तिक्तता बिर्सेर शान्ति फर्काउन मन्जुर हुँदै गएको अवस्थामा बिश्वभर बिग्रँदो ब्यापारिक वातावरण सङ्लो पार्न चीन-अमेरिका एक हदसम्म सहमत भएका छन् । दोश्रो कालका निम्ति डोनाल्ड ट्रम्पको रास्ट्रपतिमा पुनरागमनसङ्गै विश्व तरङ्गित घोषणामार्फत अनेक आत्मघाती कदम चाल्ने काम भएका छन् । युरोप-अमेरिका,अमेरिका-अफृका,अमेरिका-चीनवीच बढ्दो तनावका अनेक आयाम छन् । यस्तो बेला जेनेभामा अमेरिका-चीनवीच अस्ति र हिजो सम्पन्न ब्यापारिक वार्तामा आइसब्रेक भएको खबर छ । सो छलफलमा सहभागी चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङ आफैले सकारात्मक प्रगति भएको कुरा पहिलो चोटि सार्वजनिक गरेका छन् ।
चीन-अमेरिका आर्थिक तथा व्यापार मामिला वार्तामा चिनियाँ टोली नेता रहेका उनले दुवै पक्ष प्रमुख सहमतिहरूको श्रृंखलामा पुगेको बताए । हिजो जुटेका सहमतिहरुलाई सकेसम्म चाँडो अन्तिम रूप दिने र आजको वार्तापश्चात प्राप्त विवरण संयुक्त विज्ञप्तिमार्फत जारी गरिने उनले पत्रकारहरुलाई जानकारी दिए ।
सहमतिका प्रमुख बुँदा के के छन् ?: संयुक्त राज्य अमेरिका ८ अप्रिल २०२५ को कार्यकारी आदेश नम्बर १४२५९ र ९ अप्रिल २०२५ को कार्यकारी आदेश नम्बर १४२६६ अन्तर्गत चिनियाँ सामानहरूमा लगाइएको जम्मा ९१% कर हटाउन तयार छ। २ अप्रिल २०२५ को कार्यकारी आदेश नम्बर १४२५७ द्वारा लगाइएको चिनियाँ सामानहरूमा ३४% को बराबर करलाई संशोधन गरी २४% कर ९० दिनको लागि निलम्बन र बाँकी १०% कर कायम राखिएको छ । सो को प्रतिक्रियास्वरुप चीनले अमेरिकी सामानहरूमा लगाइएको कूल ९१ प्रतिशत प्रति-कर हटाएको छ । अमेरिकी ३४% प्रति-करको प्रतिक्रियामा २४% कर ९० दिनको लागि निलम्बित गरिएको छ,र बाँकी १०% कर कायम राखिएको छ। चीनले तदनुसार संयुक्त राज्य अमेरिकाविरुध्द गैर-कर र प्रति-करहरू पनि हटाएको छ ।
जारी बैठकलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट हेरेको उल्लेख गर्दै उनले भनेका छन्-दुवै पक्षको संयुक्त प्रयासबाट वार्ता फलदायी भएको छ । यो समान संवाद र परामर्शमार्फत मतभेद समाधान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो,यसले तिक्ततालाई कम गर्न र आपसी सहयोगलाई मजबुत बनाउन परिस्थिति निर्माण गरेको छ ।
दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धले विश्वव्यापी अर्थतन्त्रको स्थिरता र विकासमा पनि महत्त्वपूर्ण प्रभाव पार्ने उनको बिश्वास छ । उक्त वार्तालाई नजिकबाट नियालिरहेका युन्नान बिश्वविध्यालयका एक जना प्राध्यापक भन्छन्-धम्की र बलजफ्ती टिकाउ हुँदैन । तपाईंमा न्यायिक युध्द लड्ने पर्याप्त साहस छ,भने अर्को पक्षको अहंकारलाई तोड्न सकिन्छ ।
आजको चीन कुनै पनि जबरजस्ती र धम्कीलाई जित्न सक्षम छ ।तेस्रो,चीन र संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र अझै पनि विभाजनको बिन्दुमा पुगेको छैन ।
टिप्पणीहरू