पेरिसमा हिरोइनहरुको भेला, नेपालबाट को जाला ?

पेरिसमा हिरोइनहरुको भेला, नेपालबाट को जाला  ?

विश्वकै प्रतिष्ठित उत्सव मानिने ‘कान्स फिल्म फेस्टिभल’ आजदेखि फ्रान्समा शुरु भएको छ । मे २४ सम्म आयोजना हुने उक्त फेस्टिभलका लागि विभिन्न देशका कलाकारहरु पेरिस पुगिरहेका छन् । 

फेस्टिभलको ७८औँ संस्करणमा छिमेकी देश भारतका कलाकारहरुको दबदबा हुने देखिन्छ । यो वर्ष झण्डै डेढ दर्जन भारतीय चलचित्रले स्थान पाएका छन् । नेपालबाट ‘एक्लो’ चलचित्रले मात्र प्रवेश पाएको छ ।  

भारतीय अभिनेत्री अलिया भट्ट पहिलोपल्ट कान्सको रेड कार्पेटमा हिँड्दैछिन् । अर्की अभिनेत्री ज्याकलिन फ्रानान्डिज पनि दोस्रो पटक रेड कार्पेटमा हिँड्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेत्रीद्वय उर्वशी रौतेल र ऐश्वर्या राय बच्चन पनि फेस्टिभलको लागि पेरिस पुगिसकेका छन् । 

जान्हवी कपूर अभिनित चलचित्र ‘होम बाउण्ड’ फेस्टिफलमा प्रदर्शन गरिँदैछ । स्मरण रहोस्, मनोरञ्जन क्षेत्रको विशेष उत्सव मानिने उक्त फेस्टिभलमा अहिलेसम्म नेपालको तर्फबाट अभिनेत्री सुरक्षा पन्तले मात्रै रेड कार्पेटमा हिँड्ने मौका पाएकी छन् ।

टिप्पणीहरू