डिभोर्स मुद्दामा वारेस,अरूणिमालाई ‘आनन्द’

अभिनेत्री अरूणिमा लम्साल र उनका दोस्रा श्रीमान युवराज श्रेष्ठ औपचारिक रुपमा अलग भएका छन् । गत चैतमा अरूणिमाले सम्बन्ध विच्छेदका लागि सुनसरी जिल्ला अदालतमा दिएको निवेदनमा युवराजले हस्ताक्षर गरेपछि अब बिधिवत बाटो छुट्टिएको हो ।
वैशाख २८ गते नै डिभोर्स फाइलमा हस्ताक्षर गरेको युवराजको भनाई छ । उनले टिकटक लाइभमा भनेका छन्, ‘जन्म,विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो,छुट्टियो,सक्कियो । बाँकी केही भन्न चाहन्न ।’
अमेरिका बस्दै आएकी लम्साल र सुनसरीको चतरा घर भएका युवराजले गत भदौमा बिहे गरेका थिए । तर युवराजले बिहेअघि धेरै कुरा झुट बोलेको र अमेरिका पुग्नको लागि मात्र आफूलाई प्रयोग गरेको आरोपसहित अरूणिमाले सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् ।
निवेदन दर्ता गराएपछि उनले डिभोर्सलाई उत्सवको रुपमा मनाउनुपर्ने बताएकी थिइन् । त्यसपछि यता वारेस खटाएर अमेरिकी फर्किइन् ।
युवराजसँग बिहे गरे पनि शारीरिक सम्बन्ध नराखेको उनको दावी थियो । टेलिभिजन अन्तरर्वार्तामा तेस्रो बिहे कहिले ? भनेर सोधिएकोमा अरुणिमाले भनेकी थिइन्, ‘त्यो अहिले सोचेको छैन । म आनन्दले एक्लो पनि बाँच्न सक्छु । तर हेरौँ,भविष्यमा के हुन्छ !’
टिप्पणीहरू