जर्सा’बहरु पुल्पुलिँदाका जोखिम

प्रधान सेनापतिका जर्नेल रोशन खड्काले जवानहरूको आवास फण्डबाट करिब रु. ३ करोड खाएको पत्ता लागेपछि उनी हाल सैनिक प्रहरीको हिरासतमा छन् । जर्नेलजस्तो व्यक्तिले यतिसम्मको गैर कानुनी हर्कत गरेपछि कसमाथि बिश्वास गर्ने हो ? सम्भवतः उनलाई कोर्टमार्शल पश्चात कैदको सजायँ हुन सक्छ । त्यस्तै जर्नेल दिपककुमार बानियाँले गणपति हुँदा, नगरकोट वार कलेजमा बस्दा र पश्चिम पृतना कमाण्ड गर्दा सरकारी पैसाले जता गयो उतै जग्गा किन्ने र घर बनाउने गरे ।
अहिले तीन तारेको लाइनमा छन् । अर्का कर्णेल शीतल बानियाँ राजेन्द्र क्षेत्रीका भाञ्जासमेत हुन्, अर्काको घरपरिवार भाँड्ने अधिकृतको रूपमा चिनिन्छन् । छोरा क्याप्टेन छन्, बाबुको हर्कत देखेर कति लाजलाग्दो होला ? जर्नेल सञ्जय देउजाकी श्रीमती रोशनीले सहुलियतस्वरूप प्राप्त सरकारी गाडी काठमाडौँका सडकमा घुइँक्याउने गरिरहेकी छन्, सैनिक प्रहरी र ट्राफिकले नदेखे झैं गरेको छ । तीनतारे जर्नेल गौरव तन्डुलले अमेरिकाबाट प्रभुराम र श्रीमतीलाई कोसेलीले पेलेर ५ वर्षका लागि कल्याणकारी बोर्डमा थमौती लिई बल्ल अवकाश भएका हुन् ।
एकतारे र माथिल्लो दर्जालाई ड्राइभर र मासिक पेट्रोलको व्यबस्था गरिएको छ, यो सरसार गलत हो । निजामतीमा अवकाशप्राप्त अधिकारीलाई यस्तो सुविधा छ ? प्रभुराम हाल सपरिवार तेल भिसामा अष्ट्रेलिया पुगेका छन् । अशोक सिग्देल सोझा र निस्कपट छन्, उनले कडाई गरेनन् भने बेथिति अझै बढ्न सक्ने देखिन्छ ।
– जंगी अड्डामा सेवारत कर्मचारी
टिप्पणीहरू