सरकारविरुद्ध स्टाटस लेख्दा समातिएका रापप्रा नेता छुटे

सरकारविरुद्ध स्टाटस लेख्दा समातिएका रापप्रा नेता छुटे

फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेवापत पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसी छुटेका छन् । 

सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश गरेको छ । केसीतर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले आज उनलाई छोड्न आदेश दिएको हो ।

सरकारको विरोधमा फेसबुकमा लेखेको आरोपमा गत शुक्रबार उनलाई प्रहरीले समातेको थियो । गैरकानुनी थुनामा राखेको दाबीसहित अधिवक्ता राजकुमार श्रेष्ठले सोही दिन प्रहरी प्रधान कार्यालय, साईवर व्युरो र गृह मन्त्रालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

टिप्पणीहरू