एअरपोर्टका हाकिमको कमाइ युवतीको खातामा

भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले अवैध असुलीको रकम एक युवतीको बैंक खातामा राख्ने गरेको पाइएको छ ।
अध्यागमनका कर्मचारीले दलालसँगको साँठगाँठमा पर्यटन भीसामा विदेश जानेहरुसँग अवैध रुपमा रकम असुल्न गिरोह चलाएकोबारे नयाँ-नयाँ तथ्य खुल्ने क्रममा उक्त कुरा थाहा भएको हो । बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका भट्टराईले कविता पौडेल नाम गरेकी युवतीको बैंक खातामार्फत घुस रकम कारोबार गर्ने गरेको खुलेको अख्तियार स्रोतले जनाएको छ ।
बताइएअनुसार ती युवती एक कलेजकी कर्मचारी हुन् । यद्यपि, उनीबारे थप खुलाइएको छैन ।
दैनिक ५० लाखसम्म उठाएर उक्त रकम 'माथिसम्मै' भाग लगाइने गरेको चर्चा चलिरहँदा सहसचिव भट्टराईले आफ्नो भागमा पर्ने पैसा उनै युवतीको खातामा राख्ने गरेको बताइएको छ । युवतीको मोबाइल जफत गरेर फरेन्सिक ल्याब परीक्षण भइरहेको बताइएको छ ।
पर्यटन भीसामा खाडी मुलुक र युरोप जानेहरुसँग दैनिक ५० लाखसम्म उठाएर उक्त रकम 'माथिसम्मै' भाग लगाइने गरेको चर्चा चलिरहँदा सहसचिव भट्टराईले आफ्नो भागमा पर्ने पैसा उनै युवतीको खातामा राख्ने गरेको बताइएको छ । युवतीको मोबाइल जफत गरेर फरेन्सिक ल्याब परीक्षण भइरहेको बताइएको छ ।
अख्तियारले छापा मार्न लागेको थाहा पाएलगत्तै माथिको भनसुनमा मंगलबार साँझ गृह मन्त्रालयमा तानिएका सहसचिव भट्टराई शुरुबाटै विवाहित कर्मचारी हुन् । युवतीसँगको कारोबारले उनीबारे थप आशंका पैदा भएको छ ।
अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘दुई जनाको सम्बन्ध के हो,हामीले किटान गर्ने कुरा हैन,तर अड्कलबाजी र आशंका गर्न सकिने आधारहरु भेटिएका छन्,बाँकी त डिभाइसहरुको परीक्षण रिपोर्टपछि खुल्दै जाला ।’
यस प्रकरणमा म्यानपावर र कन्सल्टेन्सीका मामुली एजेन्टदेखि उच्च तहका सरकारी अधिकृत हुँदै गृहमन्त्री रमेश लेखकको सचिवालयसमेत जोडिएको पाइएपछि अख्तियारले विज्ञ अनुसन्धान अधिकृतहरुको टोली बनाएर गम्भीर अनुसन्धान गरिरहेको छ । उक्त टोलीको प्रारम्भिक अनुसन्धानबाट सहसचिव भट्टराई र गृहमन्त्रीको सचिवालयका केही कर्मचारीबीच अस्वाभाविक फोन सम्पर्क भएको खुलिसकेको छ ।
टिप्पणीहरू