हिमाल आरोहणका क्रममा १० जनाको निधन

हिमाल आरोहणका क्रममा १० जनाको निधन
सुन्नुहोस्

यो वर्षको वसन्तयामको हिमाल आरोहण क्रममा हालसम्म १० जनाको ज्यान गएको छ । वैशाख महिनाको दोस्रो सातादेखि औपचारिक रुपमा आरोहण खुलेपछि उच्च शिखरतर्फ गएका आरोहीहरुमध्ये १० जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, अन्नपूर्णलगायत विभिन्न हिमालमा आरोहणको क्रममा उनीहरु बितेका हुन् । विभागका अनुसार सगरमाथामा एक जना भारतीय र एक जना फिलिपिनोको निधन भएको हो ।

यो वर्षको वसन्तयाममा सगरमाथा आरोहण गर्न ४५६ जना विदेशीले अनुमति पाएका छन् । सन् २०२३ मा हालसम्मकै सबैभन्दा धेरै ४७९ जनाले अनुमति पाएपछि यो वर्ष उक्त संख्यामा विदेशी आरोही सगरमाथा पुगेका हुन् ।

टिप्पणीहरू