राम्रो काम गर्नेलाई झन ठूलो जिम्मेवारी

राम्रो काम गर्नेलाई झन ठूलो जिम्मेवारी

चीनको इण्डष्ट्रियल एण्ड कमर्सियल बैंकका अध्यक्ष यी हुइम्यानलाई चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनको प्रमुख बनाइएको छ ।

उक्त कमिसनका प्रमुख लिउ सियुलाई भने अल चाइना फेडरेसन अफ सप्लाई एण्ड मार्केटिङ कोअपरेटिभ्सको जिम्मा दिइएको छ । चिनियाँ सरकारले मुलुकको आर्थिक विकासलाई अक्षुण्ण राख्न र वित्तीय तथा पुँजी बजारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सशक्त प्रतिस्पर्धा गर्नसक्ने बनाउन उनीहरुको चयन गरेको बुझिएको छ ।

साउथ चाइना मर्निङ पोष्ट लेख्छ, ‘लिउले आफ्नो कार्यकालमा चीनको पुँजी बजारलाई ५ खर्ब युआनबाट सहज तवरले बढाएका थिए । अमेरिकाको पछिल्लो व्यापार युद्धका कारण उत्पन्न हुनसक्ने परिणामलाई ध्यानमा राख्दै चीनले कृषि अर्थतन्त्र र निर्माण क्षेत्रको अर्थतन्त्र उकास्न दुई हस्तीलाई नियमनकारी निकायको जिम्मा दिएको हो ।’

टिप्पणीहरू