अदालतभित्र दुर्गा प्रसाईंका एक हुल समर्थक

राजावादी आन्दोलनका क्रममा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न प्रतिवादीहरूसँगको बयान र थुनछेक बहस सकिएको छ । मुख्य अभियुक्त दुर्गा प्रसाईंसहित तीन दर्जन बढीको बहस काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलास नम्बर ८ मा आज सकिएको छ ।
लामो समयदेखि प्रहरी हिरासतमा रहेका प्रसाईंलाई हेर्न र हात हल्लाउन उनका समर्थकहरु विभिन्न भेषमा अदालत भित्रै पुगेका थिए । खाजा खाने समयमा बहस रोकिँदा प्रसाईंलाई उनीहरुले अदालतको भर्याङमा हेरेका थिए ।
करिब दुई दर्जन समर्थकहरु साढे १ बजेदेखि अदालतभित्रको प्यासेज,भर्याङमा छरिए । आजबाट सरकारी वकिलहरुको बहस सकिएको छ ।
अब पर्सि दुर्गा प्रसाईंका निजी वकिलहरुले बहस गर्ने छन् । बहसपछि प्रसाईंसहित सबै प्रतिवादीलाई प्रहरीले गाडीमा राखेर जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासत पुर्याएको छ ।
तीनकुने घटना,भाटभटेनी लुटपाटमा संलग्न केहीको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको हो ।
टिप्पणीहरू