मनसुन लागेसँगै डेंगुको जोखिम

नेपालमा डेंगुका संक्रमित पछिल्ला केही दिनयता ह्वात्तै बढेको छ । मनसुन लागेसँगै डेंगु संक्रमितको संख्या उकालो लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले हालसम्म ७२ जिल्लामा डेंगुका बिरामी फेला परेको जानकारी दिएको छ । त्यसैगरी, जनवरी १ देखि अहिलेसम्म एक हजार २५५ जना डेंगुका संक्रमित फेला परेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
महाशाखाका अनुसार सबैभन्दा धेरै संक्रमित काठमाडौंमा छन् । त्यसपछि कास्कीमा बढी छ । डेंगु एडिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । संक्रमित बढ्न थालेसँगै मन्त्रालयले सचेत रहन सुसूचित गराएको छ ।
आफ्नो घर, कार्यथलो आसपास राम्ररी सरसफाइ गर्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न, घरबाहिर बोतल, टायर, प्लाष्टिकमा पानी जम्न नदिन, पुरै शरीर ढाँक्ने लुगा लगाउन, लामखुट्टे भगाउने धुप वा लिक्विडको प्रयोग गर्न, झ्याल ढोकामा जाली लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
टिप्पणीहरू