नेशनल हेल्थकेयरका दुई औषधि प्रतिबन्धित

नेशनल हेल्थकेयरका दुई औषधि प्रतिबन्धित

औषधि व्यवस्था विभागले दुई किसिमका औषधिको उत्पादन तथा बेचबिखनमा प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि विभागले ती औषधिमा रोक लगाएको जनाएको छ । 

बाराको नेशनल हेल्थकेयरद्वारा उत्पादित ब्याच नम्बर सीएलएलएच २३०१२ र सीएलएलएच २३०१४ को क्याल्सिफर ड्रपन न्यून गुणस्तरको पाइएको छ । ती औषधिलाई बजारबाट तत्काल फिर्ता लैजान विभागले निर्देशन दिएको छ । 

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त ब्याच नम्बरका औषधिलाई बजारबाट तुरुन्त फिर्ता लैजान सूचना जारी गरिएको हो ।

औषधि फिर्ता लगिएको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिँदै ती औषधिको सिफारिस बेचबिखन तथा प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

टिप्पणीहरू