कोही–कोही जर्नेलका दिन खराब

कोही–कोही जर्नेलका दिन खराब

 नेपाली सेनामा धेरै कम मात्र हुने घटना हालका सेनापति अशोक सिग्देलका पालामा भएको छ । मेरो घर माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडासँगै जोडिएको छ, प्रचण्ड कास्कीको, म पनि कास्कीको भनी २०६३ सालदेखि धेरै फाइदा लिन सफल कार्यरथी दीपककुमार बानियाँ तीनतारे जर्नेल हुँदै प्रधानसेनापति हुने सम्भावना थियो तर अशोक सिग्देलले निर्मलकुमार थापाका ठाउँमा ३ तारे हुने पक्का हुँदाहुँदै पदावधि नथपी घर पठाइदिएका छन् । वास्तविक उमेरभन्दा २ वर्ष घटाएर इञ्जिनियर पल्टन छिरेका निजले ५०औँ करोडको सम्पत्ति काठमाडाैँ /पोखरा/चितवनमा जोड्न सफल भएको बुझिएको छ ।

०७५/७६ सालतिर जुम्लामा बाहिनीपति हुँदा ब्यारेक निर्माण कार्यका लागि गएको ठूलो रकम खाएको पुष्टि भई केन्द्रबाट खटिएको निरीक्षण टोलीले तत्कालीन चिफ पूर्णचन्द्रलाई प्रतिवेदन बुझाएपछि कोर्टमार्शल हुने पक्कापक्की भएको र नेताको ढोका डुलेर उम्किएको धरैलाई थाहा नहोला । निजले गुल्मपति/गणपति हुँदा गरेका अनियमितताको  बयान गरिसाध्ये छैन । उपरथीमा बढुवा भएपछि माओवादी नेतालाई भनेर पोखरा पृतनामा सरुवा मिलाई करोडाैँ कमाउन सफल भए, भर्नामा नाता पर्ने मान्छे मात्र भर्ना गरेर धेरै पैसा उठाए, जुन कुरा अहिले छानबिन गरे छर्लंग हुनेछ । 

२१ औँ शताब्दीमा भ्रष्टाचारीलाई जेल नपठाई अवकाश मात्र दिएर पेन्सनपट्टा बनाउने सुविधा दिएको धेरैलाई चित्त बुझेको छैन ।

- रुपेन्द्र खत्री 

टिप्पणीहरू