विमान दुर्घटनामा परेका पूर्व मुख्यमन्त्री रहेनन्

विमान दुर्घटनामा परेका पूर्व मुख्यमन्त्री रहेनन्

अहमदावाद विमानस्थलमा भएको विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । भाजपाका राज्यसभा सांसद परिमल नाथवानीले रुपाणीको निधन भएको हो ।

एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान २४२ यात्रु बोकेर दिउँसो १ : ३८ बजे उडेकोमा दुई मिनेटभित्रै दुर्घटना भएको हो । दुर्घटनास्थलबाट पूर्व मुख्यमन्त्री रुपाणीसहित सयभन्दा बढीको शव निकालिएको बताइएको छ । 

विमान खसेको भवन चिकित्सक होस्टेल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५० भन्दा बढी चिकित्सक बस्दै आएको उक्त भवनबाट पनि छ जनाको शव निकालिएको छ ।

टिप्पणीहरू