रास्वपा र राप्रपाको अवरोधका बीच संसद बैठक शुरु

प्रतिनिधिसभा बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा ढिलागरी बैठक बसेको हो ।
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले अवरोध जारी राखेका छन् । दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।
आकस्मिक समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमाले सचिव योगेश भट्टराई बोलेका छन् ।
टिप्पणीहरू