शुभलाभको इन्जेक्शन बजारमा प्रतिबन्ध

पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधिमाथि प्रतिबन्ध लगाइएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि औषधि व्यवस्था विभागले त्यसको किनबेचमा रोक लगाएको हो ।
विभागका अनुसार फार्मालिंकद्धारा उत्पादित ब्याच नम्बर एन १९२४०३ नम्बरको सेफिट्रक्जोन इन्जेक्शन न्यून गुणस्तरको पाइएको छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बेचबिखन रोक्का गरिएको विभागले जनाएको छ ।
सो औषधि बजारबाट तुरुन्त फिर्ता लगि सोको विवरण पेश गर्न पनि विभागको निर्देशन छ । साथै, उक्त औषधीको सिफारिस, बिक्री वितरण र प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ ।
टिप्पणीहरू