कारागारमा कैदी मरेको घटना छानविन गर्न समिति गठन

कैलाली कारागारको थुनामा रहेका कैदीबन्दीको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न छानविन समिति गठन गरिएको छ ।
बैंकिङ्ग कसुरको अभियोगमा दोषी ठहर भई कारागारमा राखिएका डडेल्धुराका २८ वर्षीय एक युवकको सोमबार निधन भएको थियो । आइतबार कारागार चलान भएका उनको भोलिपल्टै निधन भएपछि घटनाको छानविन गर्न सहायक सिडिओको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको हो ।
सोमबार बिहान एकाएक बिरामी परेका ती युवाको साँझ उपचारका क्रममा धनगढी अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले यातना दिएर मारेको भन्दै मृतकका परिवार र आफन्त आन्दोलनमा उत्रिएका थिए । छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन उनीहरुको माग थियो ।
त्यसपछि भएको दुई पक्षीय छलफलले समिति गठन गर्ने सहमति गरेको हो ।
टिप्पणीहरू