जबरजस्ती करणीमा गाउँपालिका उपाध्यक्षको भाइ पक्राउ
दोलखाको बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीको भाइ सुरेन्द्र पक्राउ परेका छन् ।
जबरजस्ती करणीको अभियोगमा प्रहरी वृत्त, ठिमीले उनलाई समातेको हो ।
उनीमाथि भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको वृत्तका एक अधिकारीले बताए । जनआस्थासँग उनले भने,‘उनको मुद्दा यहीँबाट चलेको हो । म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं’।
टिप्पणीहरू