रास्वपाद्वारा सदन बहिष्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने

रास्वपाद्वारा सदन बहिष्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु नीलो स्कार्फ र कालो पोशाक लगाएर संसन भवन पुगेका छन् ।

केही सांसदहरुले कालो पाइन्ट, कालो टिसर्ट र कालो कोट लगाएका छन् भने कतिपयले कालो सुट पाइन्ट लगाएका छन् । सुमना श्रेष्ठबाहेक अरु सांसदले जुत्ता पनि कालै लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपा सांसहरु निलो स्कार्फमा उपस्थित भएका थिए । त्यसप्रति आपत्ति जनाउँदै सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उनीहरुलाई सभा हलबाट निष्कासन गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको रास्वपाले आज पनि निरन्तरता दिएको छ । संसदमा केहीबेर नाराबाजी गरेर उनीहरुबाहि  बाहिरिएका छन् । 

यता, संसद सचिवालयले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको छ ।

टिप्पणीहरू