अस्तिदेखि रोकिएको तीन दलको बैठक आज

हिजो स्थगित प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिँउसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सचिवालयले बैठक बस्न लागेको जानकारी दिएको छ ।
बुधबार दिँउसो २ बजेका लागि बोलाइएको बैठक माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाहिर हुँदा स्थगित भएको थियो । त्यसपछि हिजो दिँउसो ३ बजे बस्ने भनिएको बैठक फेरि समय सारेर २ बजे तोकिएको थियो । तर, अन्तिम समयमा स्थगित गरियो ।
आज तेस्रो पटक बोलाइएको बैठकमा संंसद अवरोध, संघीय निजामती विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
टिप्पणीहरू