भोको पेट र नाङ्गो ज्यान,हतियार मै छ बिचौलियाको ध्यान
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनका सुरक्षाकर्मीहरूलाई राशन अभाव रहेको बताएका छन् । उनले भोको पेट र नाङ्गो ज्यानको वावजुद पनि सुरक्षा दिइरहेको उल्लेख गरे ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा बोल्दै अर्यालले एउटा सुरक्षाकर्मीलाई बिहान उठेदेखि राति सुत्ने बेलासम्म जम्माजम्मी दुई सय रुपैयाँको खुराक दिइने गरेको वास्तविकता सुनाए । सरकारको बजेटअनुसार सशस्त्रमा एक जना सुरक्षाकर्मीको भागमा दैनिक २०३ रुपैयाँको खाना पर्छ । त्यसमा दुई छाक खाना,बिहानको नास्ता र दिउँसोको खाजा,चिया सबै समावेश हुने गरेको छ ।
सरकारले गत आर्थिक वर्ष ३७ हजार बढी सशस्त्र प्रहरीका लागि पोशाक खर्चबापत जम्मा ६१ करोड १८ लाख उपलब्ध गराएको थियो । जबकि तोकिएको गुणस्तरीय पोशाक खरिदका लागि त्योभन्दा पाँच गुणा बढी बजेट आवश्यक हुन्छ ।
त्यस्तै पोशाकको हालत पनि खाना जस्तै रहेको अर्यालको भनाई छ । सरकारले गत आर्थिक वर्ष ३७ हजार बढी सशस्त्र प्रहरीका लागि पोशाक खर्चबापत जम्मा ६१ करोड १८ लाख उपलब्ध गराएको थियो । जबकि तोकिएको गुणस्तरीय पोशाक खरिदका लागि त्योभन्दा पाँच गुणा बढी बजेट आवश्यक हुन्छ ।
टिप्पणीहरू