रविको तीन तर्क न्यायाधीश नारायण सापकोटाले सुन्दै

रविको तीन तर्क न्यायाधीश नारायण सापकोटाले सुन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा थुनामुक्ति माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि छलफल हुँदै छ । भैरहवास्थित कारागारमा रहेका लामिछानेले पेश गरेको निवेदनमा झ्यालखानाको अवस्था असह्य रहेको, मुद्दामा प्रमाण नभएको र अधिकतम बिगो रकम बुझाएर कैदमुक्ति चाहेको तीन मुख्य तर्क उठाएका छन् ।

उनले कारागारको अवस्था दयनीय भन्दै त्यहाँको अवस्था असह्य रहेकाले स्थानान्तरण र जमानतमा छुटकाराको माग गरेका हुन् । त्यस्तै आफूविरुद्ध लगाइएको मुद्दामा प्रमाण नभएको, नक्कली कागजातमा फसाइएको र बदनियतपूर्ण रुपमा मुद्दा चलाइएको दाबी गरेका छन् ।

लामिछानेले सहकारी ठगीमा हुनसक्ने बिगो रकम बैंक ग्यारेन्टीमार्फत बुझाएर मिलापत्रको व्यवस्था अनुसार कैदमुक्ति चाहेको उल्लेख गरेको विषयमा जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलास नम्बर १० मा सुनुवाई हुँदै छ ।

टिप्पणीहरू