महाकालीको सीमाक्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति फैलिँदै
महाकालीको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति र सक्रियता बढिरहेको छ । चुच्चे नक्साको प्रकाशनसंगै सीमाक्षेत्रमा सशस्त्रका युनिटहरू बढाइएका छन् । २०७० देखि २०७७ सालसम्म सदरमुकाम खलंगामा सिमित रहेको सशस्त्र प्रहरीको उपस्थिति हाल १२ स्थानमा फैलिएको छ ।
यस क्रममा दार्चुला सदरमुकाम खलंगामा ४४ नम्बर गण स्थापना गरी खलंगामा रहँदै आएको ५० नम्बर गुल्मलाई चुच्चे नक्साको भूगोल नजिक व्यासको छाङरु गागामा राखिँदै आएको छ । सात वर्षसम्म खलंगामा सीमित सशस्त्रलाई हाल सबैजसो अन्तर्राष्ट्रिय नाका र सीमाक्षेत्रमा पु¥याइएको छ ।
भारतसँगका १० वटा र चीनसंगको तिंकर नाका हेर्ने गरी सशस्त्र प्रहरीका युनिट क्रियाशील रहेको ४४ नम्बर गणका एसपी देवराज जोशीले बताए । व्यास गाउँपालिकाको वडा नम्बर १ कौवाक्षेत्रमा नयाँ बिओपी स्थापनाको प्रक्रिया अघि बढाइएको भन्दै उनले थपे, ‘जग्गा व्यवस्थापनको कार्यमा शुरु भएको छ, निकट भविष्यमा कौवामा बिओपी स्थापना हुन्छ ।’
टिप्पणीहरू