माओवादीका नेताको सहमतिमै डिभोर्स,आजै विदेश प्रस्थान
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ्ग ‘करण’ श्रीमतीसँग अलग्गिएका छन् । अदालतबाट मिलापत्रको आदेश भएकोमा उनीहरु सहमतिमै छुट्टीभिन्न भएका हुन् । कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने उनकी श्रीमती आलिसा आलेले सम्बन्धविच्छेदको माग गर्दै गत साउन २० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा न्यायाधीश शंकरबहादुर राईको इजलासले मिलापत्रको आदेश गरेको थियो ।
०८२–सीपी–०१५७ दर्ता नम्बर भएको मुद्दा साउन २१ गते पहिलो पेशी चढेकोमा त्यसैदिन मिलापत्रको अन्तिम आदेश भएको हो । अदालतबाट मिलापत्रको आदेश भएपछि उनीहरु सहमतिमै अलग भएको स्रोत बताउँछ । स्रोतका अनुसार आलिसा आज विदेश उडेकी छन् । ‘उहाँहरु श्रीमान–श्रीमतीसँगै पुरानो साथी पनि हुनुहुन्थ्यो । अदालतबाट मिलापत्र भएपछि सहमतिमै छुट्टिनुभयो । आलिसा आज साथीहरुसँग विदेश प्रस्थान गर्नुभएको छ’,स्रोतले भन्यो । राजकाजी र आलिसाका दुई सन्तान छन् ।
उनीहरु दुवै जना विदेशमा रहेको बुझिएको छ ।
टिप्पणीहरू