तासमा रंग खोज्दा हतकडी जोकर

तासमा रंग खोज्दा हतकडी जोकर

 मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ।

आइतबार राति मनहरी गाउँपालिका–८ सिमपानीका ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित नौ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट दुई लाख एक हजार दुई सय पचास रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू