भिटामिन ‘ए’ र जुकाको औषधि तिहारपछि

भिटामिन ‘ए’ र जुकाको औषधि तिहारपछि

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम तिहारपछि मात्रै सञ्चालन गर्ने भएको छ । यसअघि सो कार्यक्रम कात्तिक २ र ३ गते तोकिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारका कारण पछाडि धकेलिएको जनाएको छ ।

मन्त्रालयले उक्त कार्यक्रम अब कात्तिक २० र २१ गतेका लागि तोकेको छ । सूचनामा भनिएको छ, ‘राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारित समय २०८२ कात्तिक २ र ३ गते नेपालीहरुको महान् चाड शुभ दिपावलीको लक्ष्मी पूजा पर्न गएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२–०६–२० गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त कार्यक्रम २०८२ कात्तिक २० र २१ गते सञ्चालन गर्नका लागि अनुरोध छ ।jh’

टिप्पणीहरू