जाजरकोटका गम्भीर घाइतेको हेलिकोप्टरमा उद्धार
जाजरकोटमा काठ चिर्ने क्रममा गम्भीर घाइते भएका एक पुरुषलाई नेपाली सेनाले हेलिकोप्टरमा अस्पताल पुर्याइएको छ ।
भेरी नगरपालिका–१, का ५८ वर्षीय ती पुरुषलाई उपचारका निम्ति सैनिक हेलिकोप्टरले कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगेको हो । आराले काठ चिर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए ।
प्राथमिक उपचारपछि उनलाई थप उपचारका निम्ति प्रदेश अस्पताल पुर्याइएको हो ।
टिप्पणीहरू