माडीमा चार दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु
चितवनको माडीमा चार दिनदेखि अवरुद्ध विद्युत सेवा आज साँझदेखि सुचारु भएको छ ।
नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन चिफ जितेन्द्रकुमार झाले साँझबाट विद्युत आपूर्ति सञ्चालनमा आएको जानकारी दिए । माडीमा गत शुक्रबार रातिदेखि विद्युत प्रसारण लाइनमा समस्या भई लगातार बिजुली नहुँदा जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको थियो ।
बिजुलीको स्थायित्व र जंगलको बाटोसमेत पिच गरिनुपर्ने लगायतका माग राख्दै जेनजी समूहले आज माडी नगरपालिका कार्यालय बन्द गराएको थियो । केहीबेर अघिबाट लाइन आएको बघौडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमनाथ ओझाले पनि हामीलाई जानकारी दिए ।
टिप्पणीहरू