जेन-जी समूहका भुसाल पक्राउ

जेन-जी समूहका भुसाल पक्राउ

आफूलाई सामाजिक अभियन्ताका साथै जेन-जी अगुवा दावी गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । 

सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरीले आज माइतीघरमा प्रदर्शन गर्न दिएको छैन । त्यहाँ अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरिएको अवस्था छ । 

जेन-जी प्रदर्शनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकार जेन-जीका मागप्रति अनुदार रहेको भन्दै प्रदर्शन गर्न थालेपछि भुसालसहित तीन जना समातिएका हुन् ।

टिप्पणीहरू