राजधानीका तीन ठाउँमा मतदाता नामावलीको बायोमेट्रिक
आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुले आफूलाई पायक पर्ने जुनसुकै निर्वाचन कार्यालयमा फोटो खिचाउन र बायोमेट्रिक दिन मिल्ने भएको छ । यसअघि फोटो खिचाउन र बायोमेट्रिकका निम्ति सम्बन्धित निर्वाचन कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि मतदाता बसोबास गरिरहेको जिल्लाबाट फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यवस्था मिलाएको हो । आयोगले अनलाइन फाराम भरेर जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिनसकिने बनाएको छ ।
राजधानीमा रहेकाले काठमाडौं उपत्यकाभित्र मीनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय र भक्तपुरको सल्लाघारीस्थित जिल्ला निर्वाचन कार्यालयमा फोटो खिचाउन र बायोमेट्रिक दिन सक्छन् ।
टिप्पणीहरू