मेयरलाई चामल दिएर विरोध

मेयरलाई चामल दिएर विरोध

पहिरो पीडितलाई बेवास्ता गरेको भन्दै इलामका एक जनप्रतिनिधिलाई स्थानीयले सांकेतिक विरोधस्वरूप राहत सामाग्री वितरण गरेका छन् । 

देउमाई नगरपालिकाका युवाहरूले मेयर सूर्यप्रसाद पोखरेलको कार्यकक्षमै पुगेर नुन, तेल, चामल, लत्ताकपडा लगायतका सामाग्री दिएका हुन् । असोज १७ र १८ गतेको अवरिल वर्षापछिको पहिरोमा परी उक्त नगरपालिकाका ८ जनाले ज्यान गुमाएका छन् भने सयौँ विस्थपित भएका छन् । 

पहिरो प्रभावितका लागि नगरपालिकाले ठोस कदम चाल्नुपर्नेमा मेयर पोखरेलले अझैसम्म राहत संकलन र वितरणमा चासो नदेखाएको स्थानीयको गुनासो छ । स्थानीयले संकलित राहत सामाग्री समेत नगरपालिकाले कार्यालयमै थन्काएर राखेको आरोप लगाएका छन् । 

पहिरो पीडितलाई राहत वितरणको लागि नगरपालिकामाथि दबाब बढाउन मेयर पोखरेललाई नै राहत सामाग्री वितरण गरेको बताइएको 

टिप्पणीहरू