नेपालगञ्जबाट लामो दूरीको यातायात सेवा सुचारु
यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । भदौ २३ र २४ गतेको जेन जी प्रदर्शन र विध्वंशमा आगजनी र तोडफोडबाट कार्यालयमा क्षति पुगेपछि अवरुद्ध सेवा एक महिनापछि सुचारु भएको छ ।
कार्यालयले आज नेपालगञ्ज, कारकाँदोस्थित सीप विकास तालिम केन्द्रबाट सेवा सुचारु गरेको हो । हालका लागि सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण, बाटो इजाजत, सवारी जाँचपास र अस्थायी सेवा इजाजत (पटके) सेवा मात्र प्रवाह गरिएको कार्यालयको भनाइ छ ।
टिप्पणीहरू