मौकामा चौका,जेन–जी भन्दै हाइड्रोको सेयर माग्दै

मौकामा चौका,जेन–जी भन्दै हाइड्रोको सेयर माग्दै

‘जेन–जी’ समूहका नाममा विभिन्न व्यक्तिले जलविद्युत् आयोजनाहरुबाट १० प्रतिशत निःशुल्क सेयर माग्न थालेका छन् । त्यसरी सेयर नदिए आयोजना बन्दसम्मको धम्की दिइएको छ । 

यस्तो दबाब सिन्धुपाल्चोकका १४ वटा आयोजनामा दिइएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले जनाएको छ । स्थानीय जेन जीको नाममा आएको धम्कीपछि लगानीकर्ताहरूले गृह मन्त्रालयसँग सुरक्षा माग गरेका छन् ।

सिन्धुपाल्चोकका १४ वटा जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क सेयर मागिएपछि  माथिल्लो भोटेकोशी आयोजना एक महिनादेखि बन्द छ । यसबाट दिनको कम्तीमा एक करोड रुपैयाँ नोक्सानी भएको सन्चालकहरु बताउँछन् । यसबाट सिन्धुपाल्चोकको बलेफी र भोटेकोशी गाउँपालिकाका आयोजनाहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

टिप्पणीहरू