घाँस काट्न गएका बालिकाहरुको डुबेर मृत्यु

घाँस काट्न गएका बालिकाहरुको डुबेर मृत्यु

रौतहटको गौर नगरपालिका–१ मा जमेको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ गएका सात बालबालिकामध्ये चारजना सकुशल फर्किए पनि बाँकी तीनजना बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो बिहान पौने ११ बजेतिर उनीहरू खाल्डोमा जमेको पानी पार गर्ने क्रममा हराएको अनुसन्धानबाट खुलेको छ । राजदेवी–८ की १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया रागनीकुमारी यादव र मौसमीकुमारी बैठा हराएका हुन् ।

प्रहरी टोलीले एक घण्टापछि तीनैजनालाई उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी रामकुमार महत्वका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

टिप्पणीहरू