सेनापतिको साटाे ३ तारे जर्नेल भारततिर
रथी प्रतापजंग केसी दिल्ली जान लागेका छन् । भारतीय सेनाले आयोजना गरेको ‘युएनटिसीसी समिट (युनाइटेड नेशन्स् ट्रुप्स कन्ट्रिब्युटिङ कन्ट्रिज)’ कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाउन उनी आज त्यता जान लागेका हुन् ।
कार्यक्रमका लागि भारतीय प्रधानसेनापतिले समकक्षी अशोकराज सिग्देललाई निम्तो गरेका थिए । तर, मुलुकको विषय परिस्थितिका कारण उनी नजाने भएपछि रथी केसीलाई पठाउन लागिएको हो । आजदेखि असोज ३० गतेसम्म हुने कार्यक्रममा ३२ मुलुकका सैनिक अधिकारीहरुले उपस्थिति जनाउनेछन् ।
कार्यक्रम संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा रहेका चुनौतीलगायतका विषयमा छलफल तथा सम्बोधन, परिचालन मुद्दा,विकसित खतरा र प्रविधिको विषयमा केन्द्रित हुनेछ । भारतले पहिलोपटक आयोजना गरेको सो कार्यक्रम नयाँ दिल्लीको मानेकशा केन्द्रमा हुँदैछ ।
टिप्पणीहरू