‘एक चीन नीति’ र ‘बीआरआई कार्यान्वयन’ मा गृहमन्त्री प्रतिबद्ध
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत छेन सोंगबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले ‘एक चीन नीति’ प्रति नेपालको दृढ र अविचलित प्रतिबद्धता दोहोर्याएका छन् ।
उनले नेपालले छिमेकी चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने विश्वास व्यक्त गरेको बताइन्छ ।
मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्त र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको पनि चर्चा गरेको मन्त्रालयले जनाएको छ । दुई देशबीच व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको मन्त्रीले जानकारी गराएका हुन् ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू