सञ्चारमन्त्रीले बोलाए जेन जीलाई
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र जेन जी समूहबीच को भेटवार्ता भर्खरै सकिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको कुराकानीमा जेन जी समूहका तर्फबाट झण्डै एक दर्जन सहभागी थिए ।
मध्यान्ह १२ बजेदेखि पौने २ बजेसम्म भएको कुराकानीमा जेन जीहरुको तर्फबाट जेम्स कार्की,रक्षा बम, युजनराज भण्डारी,प्रशान्त पौडेल,ईश्वर अर्याललगायत पुगेका थिए । उनीहरुबीच सूचना प्रविधि (आईटी)बारे छलफल भएको मन्त्रालय स्रोतले बतायो ।
टिप्पणीहरू