पाथीभरामा तीर्थयात्री बढ्दै

पाथीभरामा तीर्थयात्री बढ्दै

ताप्लेजुङको पाथीभरा मन्दिरमा यस वर्षको आश्विन महिनामा तीर्थयात्रीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वर्षको आश्विन महिनामा ५ हजार ९ सय ४९ जना भक्तजनले मन्दिर दर्शन गरेका थिए । सो अवधिमा ४ लाख ११ हजार १ सय ५१ रुपैयाँ भेटी संकलन भएको थियो।

तर याे सालको आश्विनमा तीर्थयात्रीको सङ्ख्या बढेर २९ हजार १ सय ७४ पुगेकी छ । यस अवधिमा मन्दिरमा जम्मा ३३ लाख ८२ हजार रुपैयाँ भेटी संकलन भई बैंकमा जम्मा गरिएको समितिले जनाएको छ।

टिप्पणीहरू