हेलिकोप्टरमा जन्मेकी शिशुको अस्पताल नपुग्दै निधन
कालिकोटकी एक महिलाले हेलिकप्टरमै शिशुको जन्म दिएपनि अस्पताल नपुग्दै नवजात शिशुको निधन भएको छ । तिलागुफा नगरपालिका–९ चिलखायाकी अविशा खत्रीलाई तीन दिनदेखि व्यथा लागेपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेर अस्पताल लैजाँदै थियो ।
सोही क्रममा हेलिकप्टरमै जन्मिएको शिशुको प्रदेश अस्पताल नपुग्दै निधन भएको बताइएको छ । अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै शिशुको मृत्यु भएको हो ।
आज बिहान खत्रीलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरेर प्रदेश अस्पताल ल्याइएको थियो । सात महिना मै तीन दिनको व्यथा लागेपछि उनको अवस्था चिन्ताजनक भएको र उद्धार गरिएको बताइन्छ । यसअघि पनि उनको सात महिनामै जन्मेको शिशु बितेको थियो ।
टिप्पणीहरू