तिलिचाेमा लेक लागेर बेहोस भएपछि उद्धार
मनाङको तिलिचो ताल घुम्न गएका एक पुरुष लेक लागेर बेहोस भएपछि उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–३१, बस्ने ४५ वर्षीय वीरेन्द्र रसाईलीको लेक लागेर बेहोस भएको अवस्थामा उद्धार गरिएको हो ।
पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई उद्धार गरेर अस्पताल पुर्याएको छ । भारतको बंगाल खाडी र अरब सागरमा बनेका दुईटा न्यून चापीय प्रणालीको प्रभावले नेपालको उच्च पहाडी तथा हिमाली भेगमा गएरातिदेखि वर्षा र हिमपात भइरहेको छ ।
मनाङ, मुस्ताङ, म्याग्दीलगायत हिमाली जिल्लामा बाक्लो हिमपात र वर्षा हुने क्रम जारी छ । त्यहाँ पदयात्रा र हिमाल आरोहणमा स्थानीय प्रशासनहरुले रोक लगाएका छन् ।
टिप्पणीहरू