आहारा खोज्दै चितुवा दूतावास छिरेपछि...
नेपालस्थित स्वीस दूतावासबाट एक चितुवाको उद्धार गरिएको छ ।
दूतावास परिसरभित्र पसेको चितुवालाई सात्दोबाटो प्रहरी प्रभाग, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेको हो । चितुवा कहाँबाट र कहिले दूतावासभित्र छिरेको हो भन्नेबारे खुलेको छैन ।
चितुवा उद्धारमा सहयोग गर्ने सरकारी अधिकारीहरूलाई दूतावासले धन्यवाद भनेको छ । सामाजिक सञ्जालमा लेखेको छ, ‘हाम्रो कार्यालय परिसरबाट चितुवा उद्धारको लागि सहयोग गर्ने प्रहरी र अन्य अधिकारीलाईहरु धेरै धन्यवाद ।’
उक्त चितुवा आहारा खोज्दै दूतावासभित्र छिरेको वन्यजन्तु संरक्षण अभियन्ताहरुको अनुमान छ ।
टिप्पणीहरू