मासु पसलमा फ्रिज लगेको आरोप तथ्यहीनः खरिदार
सिसडोल स्वास्थ्य चौकीका खरिदार श्यामकृष्ण श्रेष्ठ बलामीले फ्रिज आफ्नो मासु पसलमा लगेको आरोप तथ्यहीन भएको बताएका छन् । काठमाडौं महानगरपालिकाले दिएको फ्रिज आफ्नो पसलमा नभई स्वास्थ्य चौकीमै रहेको उनको दाबी छ ।
जनआस्थाले गत साउन २ गते ‘स्वास्थ्य चौकीको फ्रिज खरिदारको मासु पसलमा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । काठमाडौंको फोहोरमैलाले अति प्रभावित नुवाकोटको ककनी गाउँपालिका–३, सिसडोलमा रहेको सो चौकीलाई महानगरको वातावरण विभागले आर्थिक वर्ष २०७९–८० मा १९० लिटरको फ्रिज उपलब्ध गराएको थियो ।
भ्याक्सिन राख्न आवश्यक परेको भन्दै माग गरेपछि महानगरले मागफाराम भराएर फ्रिज दिएकोमा खरिदार बलामीले तारकेश्वर नगरपालिकामा रहेको मासु पसलमा लगेर राखेका हुन् । विभागीय प्रमुख सरिता राईले श्रेष्ठले सो फ्रिज आफ्नो मासु पसलमा लगेर राखेको पुष्टि गरेकी थिइन् ।
सो विषय बाहिरिएपछि उनले अर्को फ्रिज उपलब्ध गराएका हुन् । बलामीले महानगरले असार १८ गते फ्रिज दिएकोमा २२ गते जानकारी गराएको बताएका छन् । ‘काठमाडौं महानगरपालिकाबाट उपलब्ध गराइएको फ्रिज यस स्वास्थ्य चौकीमा २०८२–३–१८ गते ल्याएको कामपा वातावरण विभागमा २०८२–३–२२ गते फोटोसहित जानकारी गराइएको...’,पत्रमा उल्लेख छ ।
याे पनि....
स्वास्थ्य चौकीको फ्रिज खरिदारको मासु पसलमा
फ्रिजपछि खुसुक्क ल्यापटप पनि फिर्ता
टिप्पणीहरू