चीनद्वारा पोखरामा निःशुल्क इन्टरनेट सेवा

चीनद्वारा पोखरामा निःशुल्क इन्टरनेट सेवा

नेपालस्थित चिनियाँ दूतावासले पोखराका चार वटा विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । ती विद्यालयमा अब एक वर्षसम्म निःशुल्क इन्टरेनट सेवा उपलब्ध हुने बताइएको छ ।

नेपाल–चीन मैत्री संघ (पोखरा) ले आयोजना गरेको ग्रामीण शिक्षा सहयोग कार्यक्रम हस्तान्तरण तथा एमओयूमा हस्ताक्षर भएको चिनियाँ दूतावासले जनाएको छ । उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छी र गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

संघको पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रमअन्तर्गत दूतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति, भविष्य निर्माण, जनचेतना र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा इन्टरनेट जडानको निम्ति आवश्यक सहयोग गर्न लागेको हो ।

टिप्पणीहरू