गृहमन्त्री रमेश लेखक

गृहमन्त्री बोल्न थालेपछि विपक्षीद्वारा बेल घेराउ

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई नियोजित रुपमा जोडिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका उनले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर आक्रमणको प्रयास भइरहेको दाबी गरे । गृहमन्त्री लेखक रोष्ट्रममा बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले भने नारावाजी गर्दै वेलघेराऊ गरेका छन् ।  उनीहरुले ‘मानव तस्करलाई कारवाही गर’, ‘गृहमन्त्री राजीनामा दे’ जस्ता न…