टोखामा बोलाएर बाबुरामद्वारा प्रचण्डलाई रात्रिभोज
सँधै खुमलटार, हात्तिवन र सिंहदरबार पुगी माओवादी नेताहरुसँग भेटघाट गर्दै आउनुभएका नेपाल समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजो भने उहाँहरुलाई आफ्नै निवासमा बोलाउनुभएको छ । केही महिनादेखि नियमितझैँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यदाकदा उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग उहाँले भेटवार्ता गर्नुभएको थियो ।आगामी निर्वाचनमा माओवादी केन्द्रसँग मिलेर अघि बढ्न तयार हुनुभएका उहाँले गोरखामा आफूलाई,काठमाडौं ७ मा छोरी मानुषी र सर्लाहीमा महिन्द्र यादवलगायत अन्य एक जनालाई तराईबाट टिकटको आकांक्षा राख्दै आउनुभएको थियो । हिजो भने टोखास्थित निवासमा डिनर बैठक आयोजना गर्नुभएको हो ।
डिनरमा नेकपा माओवादी अध्यक्ष प्रचण्ड,उपाध्यक्ष श्रेष्ठ, उपमहासचिव वर्षमान पुनलगायत आधा दर्जन माओवादी नेताहरु सहभागी भएको बताइन्छ ।
टिप्पणीहरू