डा. केसीले जान्न भनेपछि सेनाको स्काइ ट्रक रित्तै फर्कियो
गत नौ दिनदेखि धनगढीमा अनसन बस्दै आएका डा. गोविन्द केसीलाई थप उपचारको निम्ति राजधानी ल्याउन धनगढी गएको नेपाली सेनाको स्काइ ट्रक रित्तै फर्किएको छ । सेती प्रादेशिक अस्पताल र त्यहाँका चिकित्सकहरुले केसीको स्वास्थ्य अवस्था गम्भीर मोडमा पुगेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने भन्दै प्रदेश र संघीय सरकारलाई गुहारेपछि नेपाल सरकारको निर्णयपछि उनलाई लिन गएको सेनाको विमान त्यत्तिकै फर्किएको हो ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको निम्ति सात बुँदे माग राखेर उनी नौ दिनदेखि धनगढीमा अनसन बसेका छन् । उनलाई त्यहाँको आईसीयुमा राखेर उपचार गरिएको बताइएको छ ।
स्काइ ट्रक धनगढी पुगेपनि केसीले काठमाडौं जान नमानेका हुन् । डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि स्काइ ट्रक फिर्ता भएको जिल्ला प्रशासन कार्यालय, धनगढीले पनि पुष्टि गरेको छ ।
टिप्पणीहरू