सायराम ताल : साहसिक पर्यटन र शान्तिको संगम
चीनको सिन्ज्यिाङ स्वायत्त प्रदेशको तियानशान पर्वत श्रृंखलाको काखमा अवस्थित सायराम ताल नयाँ र साहसिक पर्यटन परियोजनाको केन्द्रबिन्दु बन्न थालेको छ । चीनको सबैभन्दा अग्लो र ठूलो अल्पाइन तालका रूपमा प्रख्यात यस तालमा नयाँ गतिविधिहरु बढेपछि आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षण थपिएको हो ।
चीनमा सायराम ताललाई ‘एटलान्टिक महासागरको अन्तिम आँसु’ भन्ने गरिन्छ । महासागरबाट आउने न्यानो र आद्र्र हावा करिब सात हजार किलोमिटर लामो यात्रा पार गर्दै तियानशानमा पुग्दा ठूलो वर्षा…