पाँचथर विस्फोटमा घाइते अर्का बालक पनि बिते
पाँचथरको फालेलुङ गाउँपालिका ५ मा हिजो दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका दुईजना बाल बालिकाको ज्यान गएको छ । ११ वर्षीय दिप्सन साँवाको उपचारको क्रममा झापाको बि एण्ड सी अस्पतालमा मृत्यु भएको छ ।
उनकी २ वर्षीया बहिनी प्रिन्सा साँवाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजो बाटोमा निधन भएको हो । उनीहरु दुबै जना दिलीप साँवाका छोराछोरी हुन् ।
घाइते १० वर्षीय पवन राईको उपचार भइरहेको छ । उनको शरीरमा धेरै ठाउँमा छर्रा लागेको जनाइएको छ । राई र साँवा …