'सडकमै खाऔं, सडकमै रमाऔं' भन्दै फेवातालमा डुंगा प्रतियोगिता
पोखरामा जारी २५ औं पोखरा सडक महोत्सवको तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ ।
रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान) को आयोजनामा भएको उक्त प्रतियोगितामा खुला प्रतिस्पर्धातर्फ स्विमङपुलघाट विजयी भएको छ । त्यस्तै, गौरीघाट तथा बाराहीघाट क्रमशः दोश्रो र तेस्रो भएका छन् ।
विजयी टोली स्विमङपुलघाटले २० हजार नगद पुरस्कार जितेको छ भने दोश्रो गौरीघाटले दश हजार र तेस्रो बाराहीघाट पाँच हजार नगद पुरस्कार प्राप्त गर्न सफल भए । यस्तै, संस्थागत प्रतिस्पर्धातर्फ टा…