शहरभित्र

प्रहरीको लात

नेपाल प्रहरीका एक जनाले बौद्ध भिक्षुमाथि ‘किक्’ प्रहार गरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालभरि प्रश्न छ– भिक्षुलाई किन लात हानेको ? भिक्षुलाई लात हान्न पाइन्छ ?  प्रश्न सुनेर प्रहरीहरु चकित छन् । भिक्षुलाई लात हान्न पाइँदैन भनेर कहाँ लेखिएको छ ? प्रहरी ऐन, प्रहरी नियमावली, विनियमावली, निर्देशिका आदि कुनै पनि दस्तावेजमा यो लेखिएको छैन कि भिक्षुलाई किक् हान्न हुँदैन । जब लेखिएको छैन भने नहान्ने किन ? अहिले देशको राजनीतिमा क…